Breaking News

Monday, February 19, 2018

मलाई स्टेजमै भ्याई नभ्याई छ

By on 12:52 PM
नायिका सुष्मा कार्कीले वुधबार आफ्नो जन्मदिन सेलिव्रेशन गरिन् । आफन्त, साथीभाई र केहि मिडियालाई बोलाएर उनले केक काटिन् । केक काट्ने क्रममा सुष्मा निकै हट देखिएकी थिइन् । रातो वन पिस पहिरनले काठमाण्डौको जाडो छेक्ने कुरै थिएन । तर, सुष्माले भनिन्–‘म सधै नै हट छु । हट नै रहिरहन्छु ।’
सुष्माले अहिलेको आफ्नो चलचित्र करिअरलाई सुखद भनेकी छिन् । उनले भनिन्–‘म चलचित्र खेल्न भ्याउदिनँ । मेरो व्यस्तता विदेशमा हुने स्टेज कार्यक्रममा बढी छ ।
read more

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

By on 12:47 PM
७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् ।
आईपीएलमा आफ्नो नाममा बोली लाग्दा उनी डिभिजन टूको तयारीका लगि दुबईमा थिए । त्यहीँबाट नामबिया पुगे र नेपाललाई विश्वकप छनोटमा स्थान पक्का गराएर शनिबार मात्र स्वदेश फर्किएका छन् ।
read more

ठाउँका ठाउँ दण्डित गर्छु–मन्त्री पण्डित

By on 12:43 PM
७ फागुन, काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताएका छन् ।

वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नका लागि आफू तयारी अवस्थामा रहेको बताए ।
मन्त्री पण्डितले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउन आफू ऐन तथा नियम नै संशोधन गर्ने पक्षमा रहेको बताउँदै प्लाष्टिकको

लेडी डन दीपिका नेपालमा

By on 12:37 PM
मुम्बई – सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्।

‘पद्मावत’मा रानी पद्मावतीको भुमिका निर्वाह गरेर चर्चाको पात्र बनेकी दीपिका विशाल भारद्वाजको फिल्म ‘रानी’मा लेडी डन बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

१० वर्षपछि ‘यौनकर्मी’ बनेर फर्किदै मेघना नायडु

By on 12:23 PM
मुम्बई । १० बर्षसम्म फिल्मबाट टाढा रहेकी बलिउड नायिका मेघना नायडु कमब्याकको तयारीमा छिन् । बोल्ड छबीको कारण चर्चामा रहेकी उनले आफ्नो कमब्याक फिल्ममा यौनकर्मीको भुमिका निभाउनेछिन् ।
मेघनाका अनुसार उनले बंगाली फिल्म ‘सितारा’ मा काम गर्न लागेकी हुन्
पुरा समाचार पढ्न यहा क्लिक गर्नुस्

भाइरल बनेकी को हुन् प्रिया

By on 12:14 PM
मुम्बई । भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो अहिले भाइरल बनेको छ । उक्त भिडियोमा देखिएकी युवतीको रुप र आँखाको एक्सप्रेसनको निकै तारिफ भएको छ ।
भिडियोमा देखिएकी युवति नायिका पि्रया प्रकाश वारियर हुन् । उनी मलायालम चलचित्र ‘उरु अदार लभ’ बाट डेब्यु गर्दैछिन् । सोही फिल्मको एक दृष्य सामाजिक सञ्जालमा भाइरल भएको हो ।
पुरा समाचार पढ्न यहा क्लिक गर्नुस्

सन्नी लियोनीको विकिनी पोष्टर

By on 12:11 PM
सन्नी लियोनीलाई अभिनय गराएर बलिउड फिल्म निर्माताले मोटो कमाई गर्दै आएको त सबैलाई थाहै छ । तर, उनकै फोटो प्रयोग गरेर एक कृषकले आफ्नो उब्जनी बढाउने खोजेको अनौठो खबर समेत आएको छ ।
भारतको आन्ध्र प्रदेशका एक किसानले आफ्नो खेतमा सन्नी लियोनीको ठूलो पोष्टर बनाएर राखेका छन् । उनले दावी गर्दै भनेका छन्, ‘यो पोष्टर राखेपछि मेरो खेती सप्रिन्छ । पशुपंक्षी सुरक्षित हुनेछन् ।’
एक अंग्रेजी न्युज साइटका अनुसार आन्ध्रप्रदेशका नेल्लोर जिल्लाका बाँदाकिदिपल्ली गाउँका किसान ए चेँचु रेड्डीले सन्नीले रातो रंगको विकिनीमा उभिएको फोटोलाई ठूलो तस्विर बनाएर राखेका हुन् ।
ती किसानका अनुसार राम्रो फसलमा धेरैको आँखा लाग्छ । आम मान्छेले खेतीमा आँखा नलगाउन् भन्नका लागि सन्नीको पोष्टर राखिएको हो ।