‘पोर्नस्टार’ बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरु पछिल्लो समय गुमनाम थिइन् । अहिले उनी एक विदेशी नागरिकसँग बिहे गरेको फोटोसहित सामाजिक सञ्जालमा प्रकट भएकी छिन् ।
फोटोमा थुप्रैले कमेन्ट गरेर बधाई दिएका छन् । केहीले चाहिँ थकथकी मानेका छन् । अर्चनाकी आमा सुनीता पनेरुले पनि ‘प्रफेक्ट कपल’ भनेर कमेन्ट गर्न भ्याएकी छिन् । कतिपयले भने यो ‘विवाह’ मा सन्देह गर्दै चर्चामा आउने फन्डाका रुपमा लिएका छन् ।
अर्चनाका अनुसार उनका दुलाहा अमेरिकाको क्यालिफोर्निया निवासी उल्फ प्राइस हुन् । यद्यपि उल्फको फेसबुक प्रोफाइलमा भने अर्चनसँग बिहे गरेको तस्वीर भेटिएनन् । फेसबुकमा उल्फले आफूलाई ‘डाइरेक्टर’ भनेर चिनाएका छन् र क्यामरा बोकेको प्रोफाइल पिक्चर हालेका छन् । उनी दुब्लो ज्यानका देखिन्छन् ।
पुरा समाचार पढ्न यहा क्लिक गर्नुस्

0 comments:
Post a Comment